२८ चैत्र २०७२, आईतवार

सुख्खा याम र हावाहुरीको मौसम सुरु भए लगत्तै देशको बिभिन्न भागहरु आगलागीको चपेटामा परेका छन् । सिन्धुलीको भूवनेश्वरी गाविसको विभिन्न ठाँउमा शुक्रबार बिहानदेखि सुरु भएको भीषण आगलागी वस्ती नै सखाप पार्दा सुनसरीको झोक्राहामा शनिबार दिउँसो भएको आगलागीले ५० घर जलेर ध्वस्त भएको छ ।

fire
सुनसरीको झोक्राहा बजार नौमा सतारुद्धिन मन्सुरीको घरबाट सुरु भएको आगलागी स्थानीयवासी र सुरक्षाकर्मीको सक्रियतामा दुई घण्टामा नियन्त्रणमा आएको थियो । तर नियन्त्रणमा आउनु पूर्व आगलागीले २५ घर परिवारलाई कंगाल बनाइसकेको थियो । आगलागीमा परी धेरैजसो किराना पसलहरु नष्ट हुँदा स्थानीयवासीले जोगाएर भण्डारण गरेको धान र गहुँ ठूलो परिणाममा सखाप पारेको थियो । कुनै मानवीय क्षति नभएपनि करोडौ सम्पत्तिको क्षति गराएको आगलागी हुरी वतासका कारण नियन्त्रणमा लिन समस्या परेको थियो ।
यता सिन्धुलीको भूवनेश्वरी गाविसमा भएको आगलागीले दुई वस्तीका ६० भन्दा बढी घर र एक विद्यालय जलेर नष्ट भएको छ । शुक्रबार बिहान ११ बजेदेखि भूवनेश्वरी–९ थाङ्ग्रेको दलित बस्तीबाट सुरु भएको आगलागी फैलिएर वडा नम्बर १, २, ३, ७ हुँदै ६ नम्बर वडाको जंगलमा पुगेको छ । सदरमुकामबाट गएको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरेपनि सफलता हात लाग्न नसकेको जनाइएको छ ।

LIVE TV