२७ चैत्र २०७२, शनिबार

अग्रजहरुले बाटो विराएपछि नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व सामु चुनौतीका चाङ, न्यायिक र संवैधानिक प्रश्नमा बारले महत्वपूर्ण भुमिका विर्सन नहुने

bar

मुलुक यतिखेर गम्भीर राजनीतिक संकटसंग जुधिरहेको छ । राजनीतिक संकट संवैधानिक प्रश्नसंग जोडिएको छ । राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपाल बार एसोसिएशनले नयाँ संविधान निर्माणमा ठोस भूमिका खेल्न नसकेको भन्दै तीव्र आलोचना भयो ।

झनै स्वतन्त्र भूमिकामा रहनु पर्ने बारका अध्यक्ष राजनीतिक नियुक्तिको लोभमा पर्दा बारको शाख गुमेको चर्चा गरिँदै आएको छ । त्यसैले पनि आन्तरिक एवं वाह्रय गरी कम्ति चुनौती छैनन् बारको वर्तमान नेतृत्व सामु ।

निर्वाचित हुनु अघि र भएपछि शेरबहादुर केसीले एउटै कुरा पटक पटक दोहो¥याएका थिए , त्यो हो  नेपाल बारलाई स्वतन्त्र एवं प्रभावकारी बनाउन कुनै कसर वाँकी राखिने छैन् । उनको भनाई पछाडि ठूलो अर्थ थियो । कारण हो हरिकृष्ण कार्कीको नेतृत्वको नेपाल बार इतिहासकै कमजोर सावित हुँदा त्यसले संविधान निर्माणमा न त सशक्त योगदान दिन सक्यो न त स्वतन्त्र हैसियत नै कायम गर्न सक्यो ।

अध्यक्ष कार्कीको सरकारको नियुक्तीमा महान्यायाधीवक्तामा बने लगत्तै नेपाल बारले गुमाउनु पर्ने केही वाँकी रहेन । जसरी खिलराज रेग्मीले सम्मानित सर्वोच्च अदालतलाई अपमानित गराए ।

जसको न्यायिक बेत्ताहरुले न्यायिक इतिहासकै सवैभन्दा खराव समय र घटना मान्दछन् । नेपाल बार इतिहासकै कमजोर रहेको अवस्थामा शेरबहादुर केसी नेतृत्वमा आएपछि अव धेरैका आँखा केसीमाथि छन् । सामाजिक न्याय, सहज न्याय, स्वतन्त्र न्यायपालिका, मानव अधिकार, विधिको शासन जस्ता कुरालाई वकालत गर्ने नेपाल बारका अगाडि नयाँ नेतृत्वसामू पुनः सशक्तरुपमा लागि पर्ने घोर चुनौती छ । भलै निर्वाचित भएपछि केसीले यस कुरालाई गम्भिररुपमै उल्लेख गरेका छन् ।

लोकतान्त्रिक मुलुकहरुमा स्वतन्त्र र निष्पक्ष न्यायिक अभ्यासकोलागि बार एसोसिएशनको ठूलो भूमिका हुन्छ । अदालतलाई न्यायिक प्रक्रियामा सहयोग गर्दै सरकारलाई विधिको शासन र नागरिक अधिकारकोलागि वाध्य पारेको हुन्छ बारले । नेपालमा २०४६ यता नेपाल बारको भूमिका अत्यन्त सशक्त र प्रभावकारी रहँदै आएको थियो त्यस बीचमा केही सामान्य समस्याहरु देखिएको भएपनि । तर हरिकृष्ण कार्की बारको नेतृत्वमा आएपछि नेपाल बारको दूदर्शा शुरु भयो र अन्ततोगत्वा नेपाल बारले सामान्य विश्वाससमेत गुमाउने अवस्था आयो ।

तिनै अवस्था प्रति खरो टिप्पणी गर्दै आएका नेपाल बारका नवनिर्वाचित अध्यक्ष केसीप्रति सवैले अपेक्षापूर्वक हेरिरहेका छन् । स्वतन्त्र न्यायिक अभ्यासका साथै नयाँ संविधान कार्यान्वयनमा बारको यथोचित भूमिका र योगदान कम्ति चुनौतीपूर्ण छैनन् केसीको अगाडि । हेरौं गहन जिम्मेवारीप्रति कति सफल हुनेछ केसी नेतृत्व ।

 

 

LIVE TV