
पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारमा भुकम्पवाट क्षति भएका संरचनाको पुन निमार्ण सूरु गरिएको छ । गत बैशाख १२ गतेको भूकम्पवाट क्षतिग्रस्त बनेको भेडेटारको मुख्य आकर्षणको रुपमा रहेको चाल्र्स टावरको पुनर्निमार्ण सुरु गरिएको हो ।
होटल एसोसिएसन भेडेटारको पहलमा भ्युटावर पुन निमार्ण सुरु गरिएको छ । भूकम्पको कारण भेडेटारको मुख्य आकार्षणको केन्द्रको रुपमा रहेको भ्यु टावर क्षतिग्रस्त भए संगै पर्यटकहरुको आगमन समेत घटेको कारण पुनर्निमार्ण सूरु गरिएको होटल एसोसिएसन भेडेटारका सचिव जितेन्द्र रुम्जालीले वताउनुभया । पुरानो संरचान भत्काएर नयाँ स्वरुपको बनाउने तयारी सूरु गरिएको उहाँको भनाई छ ।
पर्यटन कार्यलय काकडभिट , जिल्ला विकास समिति धनकुटा , होटल एसोसिएसन भेडेटार तथा धरान उपमहानगरपालिकाको सहयोगमा भ्युटावर निमार्ण सुरु गरिएको हो ।
६ महिना भित्र निमार्ण सकिने टावरको लागि पर्यटन कार्यलय काकरभिट्रटाको १४ लाख, जिविस धनकुटाको १२ लाख र स्थानीयको ५ लाख लागतका पहिलो चरणको निमार्ण गरिने छ । पुर्वका १६ जिल्ला नाङ्गो आँखावाट देख्न सकिने तथा विभिन्न हिम श्रृखलाहरुको दृश्यावलोकल समेत गर्न सकिन गरि भेडेटारको आकृति तथा भेडाको सहित आकर्षक टावर निमार्ण गरिने छ । नया संरचनामा टावर बनेसगै भेडेटारमा आन्तरिक तथा वाह््य पर्यटकहरुको आगमन मा वृद्धि हुने होटल एसोसिएसन भेडेटारका अध्यक्ष लिलाराज लावति ले बताउनुहुन्छ ।