२७ चैत्र २०७२, शनिबार

काठमाडौँ, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जातीय एवम् धार्मिक विषयलाई अनावश्यकरुपमा चर्काएर समाजलाई विभाजित गराउने षड्यन्त्र भइरहेको भन्दै त्यसप्रति सजग हुनुपर्ने बताउनुभएको छ ।

?????????????????????????????????????????????
न्यु मालाश्री इङ्लिस स्कुलको तेस्रो वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमा उहाँले भन्नुभयो, “मानिसको कुनै जात हुँदैन, हामी सबै नेपाली हौँ, हामीबीचमा फुटाउने षड्यन्त्रप्रति सचेत हुनुपर्छ ।”

नेपाली जनताको वर्षौदेखिको जनचाहना नयाँ संविधानले पूरा गरेको उल्लेख गर्दै नेता केसीले संविधानमा रहेका त्रुटिलाई सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले जनप्रतिनिधिले बनाएको संविधानको रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको बताउनुभयो ।

पूर्व शिक्षामन्त्रीसमेत रहनुभएका नेता केसीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार बालबालिकाको मनोविज्ञानलाई ध्यान दिएर शिक्षा दिनुपर्ने बताउँदै सोहीअनुरुप पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

शिक्षा क्षेत्रको गुणस्तर सुधार नभएसम्म देशको विकास हुन नसक्ने भएकाले नीति निर्माता एवम् शिक्षा क्षेत्रमा काम गर्ने सबै निकाय जिम्मेवार हुनुपर्ने उहाँको धारणा थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज सिलवालले आफ्ना विद्यार्थीलाई समयसापेक्ष शिक्षा उपलब्ध गराउन विद्यालय प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानाध्यापक महेश पाण्डेले आफूहरु गुणस्तरीय शिक्षा उपलब्ध गराउन प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा विद्यालयलाई आधुनिक प्रविधिमैत्री बनाउँदै लैजाने उल्लेख गर्नुभयो । रासस

 

LIVE TV