
विश्वकै दुर्लभ रेडपाण्डाको छाला सहित चार जना पक्राउ परेका छन् ।
बाँकेको कोहलपुर १० विद्यानगरबाट ३ फिट लामो (पुच्छरदेखि टाउको सम्म) रेडपाण्डाको छाला सहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जुम्ला धापा ३ घर भइ हाल नौवस्ता ८ बस्ने ४६ वर्षिय मोतिलाल आचार्य, सोही ठाउँ बस्ने ३० वर्षिय दानबहादुर शाही, हुम्ला खार्पनाथ ७ का ४० वर्षिय धनबहादुर ऐडी र नौवस्ता ८ का १९ वर्षिय भिमराज खत्री रहेका छन् ।
मध्यपश्चिम क्षेत्रिय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा दानबहादुरले बोकेको झेलामा रेडपाण्डाको छाला फेला पारेको हो ।