२७ चैत्र २०७२, शनिबार

नयाँ दिल्ली, अमेरिकी रक्षमन्त्री आस्टोन कार्टर आइतबार भारत आउँदै हुनुहुन्छ । तीनदिने औपचारिक भ्रमणका लागि उहाँ भारत आउन लाग्नुभएको हो ।

ashton-carter
समाचार स्रोतकाअनुसार उहाँले आफ्नो तीनदिने बसाइँका क्रममा भारतीय राजधानी नयाँ दिल्लीका साथै पश्चिमी भारतीय राज्य गोवाको पनि भ्रमण गर्नुहुने छ ।

भारतीय रक्षामन्त्री मनोहर परिकारको आमन्त्रणमा उहाँ भारत आउन लाग्नुभएको बताइएको छ ।

आफ्नो भ्रमणको पूर्व सन्ध्यामा प्रतिक्रिया दिँदै रक्षामन्त्री कार्टरले भारतसँग विभिन्न क्षेत्रीय एवम् विश्वसम्बन्धी एजेण्डामा वार्ता हुने धारणा राख्नभएको पनि समाचार स्रोतले जनाएको छ ।

उहाँले न्युयोर्कमा ‘हामीले पाकिस्तान र भारतलाई एक अर्काका विरोधी देशका रुपमा मात्र हेर्ने सोचाईमा परिवर्तन गर्नुपर्ने’ धारणा राख्नभएको थियो । रासस÷सिन्ह्वा

 

LIVE TV