२७ चैत्र २०७२, शनिबार

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले देशको समृद्धिका लागि सबैले ब्यक्तिगत स्वार्थ त्याग्नुपर्ने बताउनुभएको छ ।

Khil-Raj-Regmi

विधिको शासन विना मुलुक समृद्धिको बाटोमा आघि बढ्न नसक्ने चर्चा गर्दै उहाँले मुलुकमा नियमको ब्यबस्था र बिधिको शासन हुनुपर्ने बताउनु भएको हो ।

जेजिसद्धारा शनिबार आयोजित १९ औं नेशनल काउन्सिल एकेडेमीको उद्घाटन समारोहमा पूर्व प्रधान न्यायधीश खिलराज रेग्मीले मुलुकमा नयाँ सविधान जारी भए संगै त्यसको कार्यान्वायनको चुनौती महत्वपूर्ण रहेकोले कार्यान्वयनमा जुट्न सबैलाई आग्रह गर्नुभयो ।

मुलुक बिशेष परिस्थितिमा अघि बढेको बताउँदै उल्लेख गर्दै राष्ट्रको समृद्धि र हितका लागि सबैमा आपसी सद्भाब र बन्धुत्वको भावना आबश्यक रहेको बताउनुभयो ।

समारोहमा जेसिसका संस्थापक अध्यक्ष भेषबहादुर थापालाई संस्थामा उहाँको योगदानको कदर गदै सम्मान गरिएको थियो । साथै जेसिसका १३८ जना शाखा अध्यक्षहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रम आईतबारसम्म जारी रहने छ ।

 

 

LIVE TV