२७ चैत्र २०७२, शनिबार

लमजुङ सदरमुकाम बेसीशहरमा सीसी क्यामेरा जडान गरिने भएको छ । सदरमुकाममा बढ्दो शहरीकरण तथा जनघनत्व, आर्थिक तथा सामाजिक क्रियाकलापमा बृद्धि हुदै गएकोले तिनको सुरक्षाका निम्ति लमजुङ उद्योग बाणिज्य संघ बेसीशहर इकाइले बजार क्षेत्रमा सीसी क्यामेरा जडान गर्ने भएको हो ।

CCCC

प्रथम बेसीशहर महोत्सवको पूर्वसन्ध्यामा आयोजित कार्यशाला गोष्ठीमा लमजुङ उद्योग वाणिज्य संंघ बेसीशहर इकाइले सदरमुकामका विभिन्न ३५ स्थानमा सीसी क्यामेरा राख्ने जनाएको हो ।

महोत्सवबाट आएको मुनाफालाई सदुपयोग गर्न सीसी क्यामेरा जडान गर्न लागिएको महोत्सवका संयोजक कृष्णजंग गुरुङले जानकारी दिनुभयो । इकाईले पहिलो चरणमा बजारका अति संवेदनशिल १२ स्थानमा, दोश्रो चरणमा ९ स्थानमा  र तेश्रो चरणमा १४ स्थानमा सीसी क्यामेरा जडान गर्ने लक्ष्य लिएको प्रथम बेसीशहर महोत्सवका कार्यशाला उपसमितिका संयोजक श्रीकृष्ण लामीछानेको भनाई थियो ।

करिब १२ लाखको लागत लाग्ने अनुमान गरेको क्यामेरा जडानको पहिलो चरणमा बजारका मुख्य चोकहरुमा १२ वटा क्यामेरा जडान गरिने तयारीमा गरिएको इकाइका अध्यक्ष एवं महोत्सवका संयोजक गुरुङको भनाई छ । यस्तै क्यामेराको कन्ट्रोल र व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयलाई जिम्मा दिएर कन्ट्रोल रुम जिल्ला प्रहरी कार्यालयमा राखिने छ ।

 

LIVE TV