२७ चैत्र २०७२, शनिबार

हिजो विहान देखि लागेको आगो नियन्त्रण बाहिर, एक विद्यालयसहित ६० घर जलेर नष्ट, क्षतिको विवरण आउन बाँकी

ttt

सिन्धुलीको भूवनेश्वरी गाविसको विभिन्न ठाँउमा हिजो बिहानदेखि सुरु भएको भीषण आगलागी अझै नियन्त्रणमा आउन सकेको छनै । आगलागीबाट अहिलेसम्म ६० घर र एक विद्यालय जले पनि मानवीय क्षति भने भएको छैन ।

हिजो बिहान ११ बजेदेखि भूवनेश्वरी–९ थाङ्ग्रेको दलित बस्तीबाट सुरु भएको आगलागी फैलिएर वडा नम्बर १, २, ३, ७ हुँदै अहिले ६ नम्बर वडाको जंगलमा पुगेको छ । सदरमुकामबाट गएको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले राति अबेरसम्म आगो निभाउने प्रयास गरेपनि हावा चलेकाले नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अहिलेसम्म आगालागीबाट कति क्षति भयो भन्ने विवरण आएको छैन । क्षतिको मूल्यांकन गर्न सदरमुकामबाट आज टोली जानेछ । हजारौं हेक्टरमा आगालागी भएको बताइएको छ । आज बिहानसम्ममा २६ जना आगालागी पीडितलाई त्रिपाल र खाद्यान्न लगायतका राहत सामग्री वितरण गरिएको छ ।

LIVE TV