२७ चैत्र २०७२, शनिबार

१. संघीयताको कार्यान्वयनका लागि सरकारद्धारा दुई वटा समिति गठन, विशेष दरबन्दी सिर्जना गरी ४ जनालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा ।
२. तीन वर्षभित्र मुलुकलाई लोडसेडिङ मुक्त गराई विद्युत निर्यात गर्ने प्रधानमन्त्री केपी ओलीको उद्घोष, मुलुकको सम्वृद्धि सरकारको प्रमुख लक्ष्य ।
३. सरकार शुल्क निर्धारण सम्बन्धि नियमावली जारी गर्दै, निजी शैक्षिक संस्थाहरु शुल्क बढाउने तयारीमा, शुल्क बढाए कारवाही गर्ने सरकारको चेतावनी ।
४. सर्वाधिक पुरस्कार राशीको झापा गोल्डकपको उपाधिकालागि आज घरेलु टोली र नेपाली सेना आमनेसामने हुँदै, दुबै टोली उपाधि उठाउने दाऊमा ।
५. र, संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बावजुत उत्तर कोरियाद्वारा फेरि अर्को मिसाइल परीक्षण, अमेरिकासम्म आक्रमण गर्न सक्ने उत्तर कोरियाको दावी ।

LIVE TV