२७ चैत्र २०७२, शनिबार

– यादब देवकोटा
सुतेको सरकारलाई उठाउन सकिन्छ तर सुतेको झैं गर्ने सरकारलाई मरिगए उठाउन नसकिने रहेछ।बैशाख १२ को विनाशकारी भूकम्पले अस्त ब्यस्त बनेको गोर्खाका सयौं बिद्यालयहरुको हाल एक बर्ष बित्दा पनि उस्तै छ ।

सरकारले दर्जनौ कार्यक्रमहरु पुननिर्माणला लागि अघि सारे पनि कुनै पनि कार्यक्रम लागु हुन भने सकेको छैन । यो त केवल जनताको लागि आँखामा छारो हाल्ने काम मात्र भई रहेको छ ।

sfs

आकाशको फल आँखा तरी मर भने जस्तै भएपछि दुल्लभ उच्च मा.बि घ्याम्पेसाल गोरखाका पूर्व बिद्यार्थी शिक्षक तथा सहयोगी शुभेच्छुक समेत समेटेर दुल्लभ फाउन्डेसन घ्याम्पेसाल गठन गरि पुन निर्माण कार्यको सुरु गरेको हो ।

बिध्यालयका पहिलो ब्याजका बिद्यार्थी भाबनाथ भट्टको अध्यक्षतामा हरि भट्ट, यूवराज बस्ताकोटी , डाक्टर भिमदेन देबकोटा लगाएत रहने गरि समिति गठन गरिएको र जसमा हरि भट्टको संयोजकत्वमा फण्ड रेजिंग कमिटि गठन गरि काम सुरु गरिएको हो ।

dullabh

भुकम्प बाट क्षति ग्रस्त बनेको दुल्लभ उ मा बि को पुन निर्माण गरि झन्डै ६ करोडको लगानिमा अत्याधुनिक बिद्यालय भबन , पुस्तकालय , शौचालय , आइटी हल, सेमिनार हल र खानेपानीको व्यवस्था गरिने कार्यक्रमका संयोजक हरि भट्टले बताउनु भयो ।

समाज सेवी सोम पनेरुले Nepal Youth Foundation  मार्फत  पुन निर्माणको कार्यक्रमलाई रु पाँच करोड  सहयोग गरिने  भएको छ ।

sfsag

LIVE TV