२७ चैत्र २०७२, शनिबार

समान्य किसिमको अपराधमा परेका व्यक्तिले जेल नै बस्न नपर्ने भएको छ ।

कारागार व्यवस्था बिभागको प्रस्ताव अनुसार सामजिक तथा विकास निमार्णमा काम गरेर उनीहरुले कैद भुक्तान गर्न सक्ने आजको. नयाँ पत्रिका दैनिकमा समाचार छ ।

jail-in-terrorist-nepal

असल चालचलन भएका कैदीलाई परिवारको रोहबरमा सामुदायिक सेवामा लगाउने खोजिएको हो । तीन वर्ष भन्दा कम सजाए हुने अपराधमा पक्राउ परेकाहरुलाई सामाजिक तथा विकास निमार्णको काममा लगाउने प्रस्ताव कारागार व्यवस्था बिभागले गरेको छ ।

कारागार ऐन नियमावलीमै भएको प्रावधान कार्यान्वयन गर्न छलफल अघि बढाइएको विभागका प्रवक्ता वेदप्रसाद खरेलले बताए ।

सर्तअनुसार काम नगरेमा सामुदायिक काममा लगाइएका कैदी बन्दीलाई फेरि जेलमा नै राख्ने गरी नयाँ व्यवस्था लागू गर्ने पक्षमा आफूहरु रहेकेा प्रवक्ता खरेलले बताए ।

 

LIVE TV