२६ चैत्र २०७२, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले पद वहाली गरेपछि पहिलो निर्णय गरेर नेपालका सबै तुइन विस्थापन गरि झोलुङगे पुल बनाउने निर्णय गर्नुभएको थियो । तर, उहाँको यो भनाईले अझै मूर्त रुप लिएको छैन ।

tu

तर ओली प्रधानमन्त्री भएपछि झोलुङे पुल बन्ने कामले अझै तीव्रता पाएको छैन । प्रधानमन्त्रीले दुई बर्षभित्र तुइनलाई विस्थापन गरिसक्ने निर्णय गरे पनि सहजै यो निर्णयले मूर्त रुप लिने अवस्था छैन तर प्रधानमन्त्रीले फेरि यही भनाईलाई वारम्वार दोहो¥याउनु भएको छ ।

अहिलेसम्म उहाँ प्रधानमन्त्री भएपछि दुई ओटा मात्रै तुइन व्यवस्थापन भएको छ । अझै पनि कयौं नेपालीहरुले आफ्नौ दैनिकी तुइनकै माध्यमबाट चलाउन विवश छन् भने स्कूले विद्यार्थीहरु तुइनमै झुण्डिएर पढ्न जाँन वाध्य भएका छन् । ललितपुरमा बनेको झोलुङ्गे उद्घाटन जाँदा प्रधानमन्त्री ओलीले प्रयोग भएको हेलिकोप्टर खर्चले अरु झोलुङ्गे पुलहरु बन्न सक्थ्यो तर, उहाँको ध्यान यसतर्फ जान सकेन ।

तुइन विस्थापन गर्न अझै धेरै चुनौतीहरु छन् तर सरकारी निकायको ढिला सुस्तीले गर्दा दुई बर्षभित्र तुइन विस्थापन ज्यादै कठिन हुने अवस्थामा छ । स्थानीय विकास मन्त्रालयले तुइन विस्थापन गर्नका लागि केही कदमहरु अगाडि बढाएको भएपनि यो पर्याप्त छैन । स्थानीयवासी तुईन विस्थापित गरेर झोलुङ्गे पुल बनाउने जति पनि र जस्तोसुकै श्रमदान गर्न तयार छन् तर त्यही स्थानीयवासीको उत्साहलाई पनि सरकारले समाउन सकिरहेको छैन् ।

 

LIVE TV