२६ चैत्र २०७२, शुक्रबार

प्रहरी कार्यालयहरुमा अभियुक्तहरुलाई मुद्धा मिलाईदिन्छु भन्दै दलाली गर्नेहरु सक्रिय रहेको पाइएको छ ।

pakrau-Murder_Case_Bardiya_699001956 (1)

 

महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेले लागु औषधको मुद्यामा प्रहरीसँग सेटिङ् मिलाउने भन्दै अभियुक्तका आफन्तसँग मोटो रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं स्थित सन्धारा बस्ने वर्ष ३२ का सुनिल गोपालीलाई सोह्रखुट्टे बृत्तले पक्राउ गरेको हो । अभियुक्त गोपालीले लागु औषध मुद्धामा हिरासतमा रहेका वीरगञ्जका इरफान अलीका परिवारसँग प्रहरीमा सेटिङ् मिलाउने भन्दै २ लाख रुपैंया मागेका थिए ।

सुरुमा ५० हजार रुपैया लिएका गोपाली र उनका सहयोगीहरु सुरज नकर्मी र कृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

अभियुक्तका आफन्तले पैसा बुझाउँदा पनि प्रहरीले नछाडेको भन्दै गुनासो गरेपछि दलाल सक्रिय भएको खुलासा भएको हो ।

अभियुक्तका आफन्तले आफुहरुले २ लाख दिन नसक्ने भन्दै ५० हजार रुपैंयामै छाड्न प्रहरीलाई अनुरोध गरेपछि प्रहरीले दलालको खोजी थालेको थियो ।

LIVE TV