२६ चैत्र २०७२, शुक्रबार

उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले देशमा छिट्टै विकास निर्माणले तिब्रता लिने बताउनुभएको छ ।

sss

लमजुङको फलेनीमा निर्माण सम्पन्न भएको २ मेगावाट क्षमताको छ्याङ्दी खोला साना जलविद्युत आयोजनाको उद्घाटन गर्दै उर्जामन्त्री रायमाझीले विकास निर्माणका कामले तिब्रता पाउने बताउनुभएको हो ।

उर्जामन्त्री रायमाझीले नीति र योजनाको काम सकिएको र अव बिकासनिर्माणको पालो आएको प्रष्ट पार्नुभयो । उहाँले जनताले नसोचेको र राष्ट्रले अहिलेसम्म नआँटेका विकास आयोजनाहरु सञ्चालनमा सरकार लागिपरेको बताउनुभयो ।

उर्जा मन्त्री रायमाझीले देशका लागि शान्ति, विकास र आर्थिक क्रान्ति अनिवार्य सर्त भएको बताउनुभयो । उहाँले हरेक क्षेत्रको विकासका उर्जा आबश्यक रहेकाले उर्जा संकट समाधानका लागि  सरकार लागि परेको प्रष्ट पार्नुभयो । उहाँले उर्जा विकासका लागि १० वर्षे गुरु योजना बनाइएको जानकारी दिनुभयो ।

मन्त्री रायमाझीले जलविद्युत आयोजना निर्माणसँगै ट्रान्समिसन लाइन पनि निर्माण गर्दै जाने बताउनुभयो । सरकारले विद्युत प्रसारण लाइन निर्माणमा तिव्रता दिने भन्दै प्रवद्र्धकहरुलाई ढुक्कसँग विद्युत आयोजना निर्माण गर्न उहाँले आग्रह गर्नुभयो ।

 

LIVE TV