२६ चैत्र २०७२, शुक्रबार

नायक सविन श्रेष्ठले फिल्म ‘हिरो रिटन्र्स’ निर्माण गर्दैछन् । ‘हिरो रिटन्र्स’ फिल्मको यतिबेला प्रि प्रोडक्सनको कार्य धमाधम भैरहेको छ । सविन आफैं हिरो हुने फिल्मको प्रायः जसो सबै प्राविधिक र कलाकार पक्का भैसक्दा हिरोइन भने तय भैसकेको छैन् । सविनका अनुसार कथाले मागे जस्तो हिरोइन पाइएको छैन । ‘नयाँलाई ब्रेक दिउँ भन्ने योजनामा छौं’ सविनले भने, ‘भनेजस्तो नयाँ हिरोइन पाउन सजिलो रहेनछ ।’ रेखा थापाको डेव्यु फिल्म ‘हिरो’ भएका कारण पनि ‘हिरो रिटन्र्स’ मा सविनले नयाँ नायिकालाई ब्रेक दिन लागेको हुन सक्छ । छिट्टै कथा अनुरुपको हिरोइन तय गर्ने सविनले बताए ।

sabin-shrestha
समिर मियाँले निर्देशन गर्ने फिल्म पूर्ण रुपमा एक्सन शैलीको हुनेछ । सविनलाई फिल्म निर्माणमा सहदेव गौतमले सघाउनेछन् । नायिका तय गरेर फिल्मको छायाँकन जेठको पहिलो सातादेखि प्रारम्भ हुने सविन बताउँछन् । फिल्ममा सविनसँगै सरोज खनाल, किरण थापा, डिबी बम्जन,  सुशान श्रेष्ठको अभिनय रहनेछ । द्धन्द्ध निर्देशन चन्द्र पन्तले गर्नेछन् । शिवम अधिकारीको स्क्रिप्ट रहेको फिल्म ‘हिरो रिटन्र्स’ मा अर्जुन पोखरेल र टंक बुढाथोकीले संगीत दिएका छन् ।

LIVE TV