२६ चैत्र २०७२, शुक्रबार

पछिल्लो समयमा पाश्र्व गायनमा चर्चामा रहन सफल गायिकाको रुपमा दुर्गा खरेललाई चिनिन्छ । काठमाडौंको एक प्रसमिटमा गायिका दुर्गा खरेलले दोस्रो एल्बमको रुपमा ल्याएकी ‘युग’  बिमोचन गरीएको छ । उक्त बिमोचित गायिका खरेलको ‘युग’ एल्बममा जम्मा ५ वटा गीहरु समावेश गरीएको छ । समाबेश गरीएको गीतहरुमा (त्यो काले काले केटाले ..)बोलको गीतको म्युजिक भिडियो पनि बिमोचन कार्यक्रममा प्रमियर गरीयो । उक्त म्युजिक भिडियोलाई  सञ्चारकर्मी सुब्रत आचार्यले निर्देशन गरेका छन् । भिडियोमा नम्रता सापकोटा,रीमा विश्वकर्मा,एनी कुँवर, सुशन सिंह ठकुरी लगाएत कलाकारहरुले फिचरीङ गरेका छन् । ‘युग’एल्बमका संगीतकार अर्जुन पोखरेलले एउटै गायिकाले भिन्दा भिन्दै गीत गाएको बताउँदै उक्त एल्बमको बारेमा जानकारी दिएका छन् ।
vlcsnap-2016-04-08-13h56m43s370
गायिका दुर्गा खरेलको गीती एल्बम ‘युग’ मा अर्जुन पोखरेलको एकल संगीत दिएका छन् । पछिल्लो समयमा संगीतकार अर्जुन पोखरे बजारमा निकै चर्चामा रहेको संगीतकार हुन् । ‘युग’एल्बमको सम्पुर्ण गीतहरुलाई भने फणिन्द्र राई,महाराज थापा,किरण कँडेल लगाएतको रहेको छ । ‘युग’एल्बमका सम्पुर्ण गीतहरुको एरेञ्ज पनि संगीतकार पोखरेलले नै गरेका हुन् । गायिका खरेलले ‘युग’ एल्बममा भिन्दै प्रकारका गीतहर समावेश गरीएको बताउँदै एल्बममा राखिएको अन्य गीतहरुको पनि भ्युजिक भिडियो बनाउने बताएकी छिन् ।
vlcsnap-2016-04-08-14h00m57s627

LIVE TV