
लुम्बिनी आउने विदेशी श्रदालुले दान दिएको करोडौं रकम उपयोगमा नल्याउँदा खेर गइरहेको छ । ६० मुलुकका ४ करोड ६१ लाखभन्दा बढी मुद्रा लुम्बिनी विकास कोषको परिसरमा बोरामा कोचेर राखिएको छ । कोष र सरकारले रकम उपयोगमा ल्याउन नसकेका हुन् ।
वर्षौंदेखि थन्क्याइएका धेरै नोट धुजाधुजा भइसकेका छन् । विदेशी मुद्रा उपयोगमा ल्याउन नसक्नु कोष र सरकारको कमजोरी भएको कोषकै कोषाध्यक्ष ओमप्रसाद अर्यालले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।