
१. नेपाल बारको जारी मतगणनामा अध्यक्षमा लोकतान्त्रिक समूहका उम्मेदवार केसीको अग्रता कायमै, आज अन्तिम परिणाम ल्याउने तयारी ।
२. कांग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचन आज हुँदै, २२ पदका लागि ४२ जनाको उम्मेदवारी, पिछडिएको क्षेत्रबाट राजिव विक्रम शाह निर्विरोध निर्वाचित ।
३. एआइभी संक्रमित विद्यार्थीका लागि शिक्षा आर्जन गर्ने अवसर पनि चुनौतीपूर्ण,विद्यार्थी साथीहरुको व्यवहारले विद्यालय पनि विरानो वन्दै ।
४. युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुल र बोरुसिया डर्टमुन्ड बराबरीमा, अर्को खेलमा सेभिल्ला र भिल्ला रियल विजयी ।
५ र, पनामा पेपर्सको खुलासापछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनद्वारा ‘अफसोर’ कारोवारबाट फाइदा लिएको स्वीकार, संसदलाई स्पष्टिकरण दिनुपर्ने विपक्षी दलको माग ।