२६ चैत्र २०७२, शुक्रबार

करोडभन्दा धेरै व्यापार गर्ने काठमाडौंका ठूला व्यापारिक कम्प्लेक्स मलले घरजग्गा कर छली गर्दै आइरहेका छन् । स्थानीय स्वायत्त शासन ऐन, २०५५ अनुसार प्रत्येक व्यापारिक कम्प्लेक्सले घरजग्गावापतको कर काठमाडौं महानगरपालिकालाई तिर्नुपर्ने कानुनी व्यवस्था छ । तर, केहीमध्ये अधिकांशले घरजग्गा कर तिरेका छैनन् ।

wtc

महानगरपालिकाका राजस्व विभाग प्रमुख महेश काफ्लेका अनुसार पटकपटक अनुरोधपछि पनि उनीहरु करको दायरामा आउन मानेका छैनन् । तथ्यांकअनुसार महानगरपालिकाले सबैभन्दा धेरै कर सञ्चयकोषको भवनस्थित काठमाडौं मलबाट असुल गर्न बाँकी छ । मलबाट काठमाडौं महानगरपालिकाले ४० करोड रुपैयाँ असुल गर्न बाँकी छ । सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत्त प्राधिकरणबाट महानगरपालिकाले १६ करोड रुपैयाँ कर उठाउन बाँकी छ । त्यस्तै त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरबाट सात करोड रुपैयाँ असुल गर्न बाँकी छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

LIVE TV