
एसएलसी परीक्षाको लागि एक घण्टा लोडसेडिङ घटाएको प्राधिकरणले थप तीन घन्टा घटाएको हो।
दैनिक १२ घन्टा हुँदै आएको लोडसेडिङ अब दैनिक ९ घन्टामा झारिएको प्राधिकरणले जनाएको छ। प्राधिकरण लोडसेडिङको नयाँ तालिका भने तत्काल ल्याउने छैन।
प्राधिकरणका अनुसार कुलेखानी जलविद्युत आयोजनाको उत्पादन बढेकाले पनि लोडसेडिङ घटाइएको हो । अर्कातिर नयाँ जलविद्युत आयोजनाको विद्यु राष्ट्रिय प्रसारण लाईनमा जोडिने क्रम बढिरहेकाले लोडसेडिङको समय अझै घटाइने प्राधिकरणले जनाएको छ ।