२५ चैत्र २०७२, बिहीबार

नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कैलालीमा नबिल बैङ्कको पैसा लुटिएको घटनाको नयाँ शिराबाट अनुसन्धान गरिने बताउनु भएको छ । उहाँले घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले छुट्टै जनशक्ति र स्रोत साधन तयार समेत पारेको जानकारी दिनुभयो ।

rrrr

 

जिल्ला प्रहरी कार्यालय कैलालीमा बिहीबार नागरिक समाजसंगको अन्तरक्रियामा  महानिरीक्षक अर्यालले घटना भएको दुई वर्ष चार महिना बितिसके पनि दोषीसम्म पुग्न नसकेको स्वीकार्दै अब नयाँ ढङ्गले अनुसन्धान थाल्ने बताउनुभयो । उहाँले यहि घटनाको अनुसन्धानका लागि केहि जनशक्ति र स्रोत साधन तयार समेत पारेको जनाउँदै अनुसन्धानमा महत्वपूर्ण प्रगति हुने विश्वास व्यक्त गर्नुभयो । रानीबारी घटना र न्यायाधिश रणबहादुर बम हत्याका दोषीलाई पनि धेरै वर्षपछि पक्रेको सुनाउँदै उहाँले नबिलको पैसा लुट्ने लुटेरालाई पनि ढिलोचाँडो पत्ता लगाउन प्रहरी सक्षम हुने दावी गर्नुभयो ।

अनुसन्धानमा विलम्ब स्वभाविक भएको बताउँदै उहाँले यति ठूलो रकम कहाँ गयो र लुटपाटका मतियार को थिए भन्नेबारे अनुसन्धान गरेर चाँडै दोषी पत्ता लगाउने दाबी गर्नुभयो ।

२०७० मङ्सिरमा कैलालीको मालाखेती स्थित चौकीडाँडामा नबिल बैङ्क महेन्द्रनगर शाखाको दुई करोड ३० लाख रुपिया एक लुटेरा समूहले फिल्मी शैलीमा लुटेको थियो । नेपाल राष्ट्र बैङ्क धनगढीमा जम्मा गर्नका लागि म १ च १४६ नम्बरको गाडीमा रुपिया राखेर ल्याउँदै गर्दा सो समूहले पैसा लुटेको थियो ।

LIVE TV