
अफगानिस्तान, बाल्खस्थित उत्तरी अफगानिस्तानमा बुधबार राति एकै घरका छ जनाको हत्या गरिएको समाचार छ ।
बुधबार राति सुतिरहेका उनीहरूलाई छुरी हानेर हत्या गरिएको समाचारमा जनाइएको छ । मारिनेमा चार जना महिला रहेका छन् ।
बाल्ख प्रान्तको दिहादी जिल्लाको शिर अबाद गाउँमा यो घटना भएको प्रहरीले जनाएको छ । उक्त गाउँ प्रान्तीय राजधानी मजार इ सरिफबाट दक्षिण पश्चिीमी क्षेत्रमा पर्दछ ।
मृत्युको कारण अझै खुलेको छैन । तर प्रहरीले प्रारम्भिक रूपमा प्राप्त गरेको सूचनामा मृत्युको कारण पारिवारिक विवाद हुनसक्ने अनुमान गरेको छ ।
परिवार भित्रकै आन्तरिक विवादका कारण परिवारका ती सदस्यको हत्या भएको हुनसक्ने अनुमान गरिएको प्रहरीको भनाई छ ।
प्रहरीले उक्त हत्याकाण्डको अनुसन्धान सुरु गरेको छ । हत्याको कारण पत्ता लगाएपछि सार्वजनिक गरिने जानकारी प्रान्तीय प्रहरी अधिकारीले दिएका छन् ।
अफगानिस्तानमा महिलाले उसको परपुरुषसँगको सम्बन्धसँग जोडेर यसका कारण बदनाम भएको भन्दै परिवारभित्रैबाट पनि हत्या गर्ने गरिन्छ । यस हत्यामा पनि यो कारण हुनसक्ने अनुमान गरिएको छ ।
कतिपय सञ्चारमाध्यमले यस हत्यामा अफगानिस्तानमा सशस्त्र विद्रोह गरिरहेका तालिवानको हात रहेको बताएको भए पनि यसमा उनीहरूको हात नरहेको अनुमान प्रहरीले गरेको छ । रासस÷सिन्ह्वा