२५ चैत्र २०७२, बिहीबार

काठमाडौँ,  नेपाल एयरलाइन्सको उडान हुँदै काठमाडौँबाट हङ्कङ जान लागेका नेपाली मुलका ब्रिटिस नागरिक अभिषेक लिम्बू गोली र खोकासहित आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

राहदानी नम्बर ५१२९९९०४३ रहेका लिम्बूले सुटकेशमा लुकाई लैजान लागेको एसएलआरको बुलेटजस्तो स्टिल रङको बुलेट बेल्ट राउन्ड ६१ थान र एक थान खोकासहित प्रहरीले पक्राउ गरेको हो ।

उनलाई थप आवश्यक अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा टेकु पठाइएको महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ । रासस

 

LIVE TV