२५ चैत्र २०७२, बिहीबार

दुई दिन यता मौसममा अस्वभाविक परिवर्तन, काठमाडौं उपत्यकामा गर्मी ह्वात्तै बढ्यो , कर्णालीमा जारी खडेरी अझै केही समय लम्बिने

Jumla-Bajar-e1425725984957

मौसममा अस्वभाविकरुमा देखिएको परिवर्तनले आम नेपालीको जनजीवनलाई आफ्नो प्रभावमा लपेटेको छ । तीन चार दिन अघिसम्म न्यानो लुगाकै साथमा रहेका सर्वसाधारण विगत दुई दिनदेखि गर्मी ह्वात्तै बढेपछि गर्मी आगमनको महसुस गर्न थालेका छन् ।

मौसम पुर्बनुमान महाशाखाका अनुसार  काठमाडौं उपत्यकामा विगत दुई दिन देखि गर्मी ह्वात्तै बढेको छ । गमीको यही रफ्तार कायम रहे काठमाडौं उपत्यकाको गर्मी जेठ महिनामा ४० डिग्री सेल्सियसको हाराहारीमा पुग्ने अनुमान गरिएको छ । उता  कर्णाली क्षेत्रमा परेको खडेरी केहि दिन अझ लम्बिने र तत्काल पानी नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि कर्णाली क्षेत्रमा बादल लागेर मेघ गर्जन  भएपनि पानी भने नपर्ने मौसमपूर्वानुमान महाशाखाको भनाइ छ ।

जलवायु परिवर्तन र मौसममा वृद्धि भएको तापमानले गर्दा काठमाडौं उपत्याकामा हवात्तै गर्मी बढेको त कहिले ठुलो हावाहुरी चलेको मौसमविदहरु बताउँछन् ।

मौसममा देखिएको यही परिवर्तनका कारण देशका बिभिन्न भागमा हुँदै आएको खेतीपाती र मौसमी फलफुलको उत्पादनमा पनि समस्या उत्पन्न भएको छ । पूर्वका कतिपय जिल्लाहरुमा औल क्षेत्रमा अलैचीमा बिभिन्न रोग देखिन थालेको छ भने सुन्तलाका बोटहरु सुक्न थालेका छन् ।

 

 

LIVE TV