२५ चैत्र २०७२, बिहीबार

सडकमै खाऊ, सडकमै रमाऔ ।” भन्ने उदेश्यका साथ कपिलवस्तुको तौलिहवामा चैत्र ३० गते दोस्रो सडकखाना महोत्सव हुने भएको छ । नयाँ बर्षका अवसरमा तौलिहवामा महोत्सवको आयोजना गर्न लागिएको हो ।

food-fest-300x225

महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महोत्सव मुल आयोजक समीतिका संयोजक सन्दिप श्रीवास्तबले स्थानिय परिकारको प्रर्बद्धन र नयाँ बर्षलाई सांगीतिक बनाउने उदेश्यका साथ महोत्सव आयोजना गर्न लागिएको बताउँनुभयो ।

सो अवसरमा महोत्सवका संरक्षक प्रकाश घिमिरेले थारु,अवधि,मुस्लिम,नेवारी, गुरुङ, नेपाली, ईन्डियन, चाईनिज गरि बिभिन्न परिकारका २५ बढि भिन्न भिन्न खानाका स्टल रहने बताउँनुभयो । महोत्सवमा १० हजार बढि दर्शकले अबलोकन गर्ने र १५ लाख

बढिको कारोबार हुने अपेक्षा गरिएको उहाँको भनाइ छ । महोत्सवमा निशुल्क प्रबेशको व्यवस्था हुनुका साथै चर्चित गायक मिङ्गमा शेर्पा, चर्चित नृत्यकार अन्जली अधिकारी र भारतिय कलाकारहरुको प्रस्तुती पनि रहनेछ बताउँनुभयो । स्थानिय मयुर नाच, याक नाच, अहिरौवा नाच र थारु नाच महोत्ससवको प्रमुख आकर्षण रहने बताइएको छ ।

 

LIVE TV