
विराटनगर स्थित कृषि सामग्री संस्थान क्षेत्रीय कार्यालय विराटनगरमा एकै पटक धेरै मल आएका कारण भण्डारणमा समस्या भएको छ । धेरै मल आउँदा कार्यालयलाई मलको व्यवस्थापन गर्न धौ धौ समेत परेको छ ।
पहिलेका बर्षमा मल अभाव हुने गरेकाले यस वर्ष अभाव हुन नदिन मलको मौजात गरिएको हुनाले एकै पटक धरै मल आउदा भण्डारण गर्ने ठाँउ नभएको सो कार्यलयले जानएको छ । लामो समयको बन्द, हड्ताल र नाकाबन्दीका कारण रोकीएका केही मल पनि यतिवेला वीरगंज र कोलकत्ताबाट करिव ८ सय मेट्रिक टन आयात भएको छ । एकै पटक यति धेरै मल आउदा भण्डारण गर्न समस्या भएको सो कार्यालयका शाखा अधिकृत केदार प्रसाद ढकालले जानकारी दिनुभयो ।
अगाडिका वर्षमा मल कम आउने गरेकाले यस वर्ष मौजात गरिएको हुनाले मल भण्डारण गर्ने ठाँउको अभाव भएको हो । सम्झौता अनुसारको मल कम्पनीले एकै पटक पठाएका कारण सबै भण्डारण गर्न कम्पनीलाई समस्या परेको छ । विराटनगरमा मात्र २ हजार ६ सय मेट्रिक टन र पूर्वाञ्चलमा ९ हजार मेट्रिक टन भण्डारण क्षमता रहेको सो कार्यालयले जनाएको छ । चालु आर्थिक बर्षका लागि ४६ हजार मेट्रिकटन मल माग भएको कार्यालयले जनाएको छ ।