२५ चैत्र २०७२, बिहीबार

इस्लामाबाद, पाकिस्तानको दक्षिणपश्चिम आदिवासी इलाका कुराममा सीमाक्षेत्र पार गर्ने लागेका आतङ्ककारीलाई सुरक्षाबलले गरेको कारबाहीमा कम्तीमा १२ को मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमले उदु्र्रले सो जानकारी दिएको छ ।

Pakistani troops
समा समाचारका अनुसार करिब ५० जना अफगान आतङ्ककारी पाकिस्तानी क्षेत्रमा बसिरहेका थिए ।

अफगानिस्तान र पाकिस्तानको सीमा रहेका पोरोअस सीमा गर्ने क्रममा ती आतङ्ककारीहरुले पाकिस्तानी प्रहरी चौकीमा गोली प्रहार गरेका थिए ।

सोही गोली प्रहारपछि प्रहारीले गरेको कारबाहीमा ती १२ आतङ्ककारी मारिएका प्रहरीले जानकारी दिएको छ ।

यस कारबाहीमा सुरक्षाबलतर्फ भने कुनै हानी नभएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
सो आतङ्ककारी आक्रमण कुराम प्रान्तका मङ्गोरे सर जाँचचौकी भएको जनाइएको छ । रासस÷सिन्ह्वा

 

LIVE TV