
जिल्ला प्रहरी कार्यालाय मोरङले महिलाले लगाएको सुनको सिक्री लुट्ने पाँच जना लुटेराहरुलाई पक्राउ गरेको छ ।
समुह बनाएर भिडभाडमा मौका छोपी महिलाहरुले लगाएको गहनाहरु लुट्दै हिडेका लुटेराहरुलाई विराटनगरको विभिन्न स्थानबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा वीरगञ्जका ३० बर्षीय उमाकान्त राम, बारा जितपुरका १७ बर्षीय शत्रुधन नटुवा, सोही स्थानका ४५ बर्षीय विनोद कुमार कुशवा , ४० बर्षीय शुरेश नटुवा र १७ बर्षीय राजकेश कुमार यदु रहेका छन् ।
उनिहरुको साथबाट एकथान सुनको सिक्री समेत फेलापरेको मोरङ प्रहरीले जनाएको छ । पछिल्लो समय विराटनगरमा चोरीका उजुरीहरु आउन थाले पछि सादा पोसाकमा प्रहरी खटाएर सतर्कता अपनाएकोे थियो ।
चोरीमा सम्लग्नहरुलाई चोरीको मुद्धा चलाएको र थप अनुसन्धान भईरहेको मोरङ प्रहरी एसपी सन्दीप भण्डारीले जानकारी दिनु भयो ।