२५ चैत्र २०७२, बिहीबार

आज काठमाडौ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदै, शहरका बालबालिकालाई दुख दिने तुण्डी राक्षस परास्त गर्ने जनविश्वासमा टँुडिखेलमा अश्वकला प्रदर्शन गरिदैं ।

Ghode-jatra

आज काठमाडौ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदै छ । यस अवसरमा काठमाडौको टुडिखेलमा आयोजना गरिने घोडेजात्रा राष्ट्रपति र प्रधानमन्त्रीबाट अवलोकन गर्ने परम्परा छ ।

हरेक वर्ष चैत्र कृष्णऔसी तिथिमा नेपाली सेनाको रिसल्लाले रेवन्तपीठमा पूजाआजा गरेपछि घोडेजात्रा शुरु गरिन्छ । घोडेजात्राको क्रममा नेपाली सेनाबाट विभिन्न अश्वकला प्रदर्शन गर्नुृका साथै सेना र  प्रहरीबाट ब्याण्डबाजाका साथमा खेलकुदका विविधकौशल देखाउने गरिन्छ । जात्रा अवलोकनका लागि राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री लगाएत उच्चपदस्थ अधिकारीका साथै विदेशी कूटनीतिक नियोगका अधिकारीसमेत उपस्थित हुने प्रचलन छ.।

ghode-jatra (1)

नेपाली सेनाको क्षमता , युद्धकला र घोडचडी कौशल प्रदर्शन गरी विश्वमा परिचय दिने उद्देश्यले घोडेजात्राको आरम्भ गरिएको इतिहासकार बताउँछन् । साथै यो जात्रा स्थानीय भद्रकाली मन्दिरमा झण्डोत्तलन गर्न जाँदा घोडा चढेर जाने विगतको परम्परामा आधारित रहेको पनि बताइन्छ । शहरका बालबालिकालाई दुख दिने तुण्डी  राक्षस परास्त गर्न टुडिखेलमा घोडादौड गर्न थालिएको पनि किंवदन्ती छ । यसै गरी घोडेजात्राका दिन पाटनमा पनि एउटा घोडा कुदाउने चलन छ । घोडेजात्राका दिन काठमाडौ उपत्यकामा सार्वजनिक बिदा दिने गरिन्छ ।

LIVE TV