२५ चैत्र २०७२, बिहीबार

विश्व क्रिकेट लिग च्याम्पियनशीप अन्र्तगत नामिबियाविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा भएको छ । अण्डर नाइन्टिन विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेर सनसनी मच्चाउन सफल बलर सन्दीप लामिछानेले पनि राष्ट्रिय टोलीमा स्थान पाएका छन् ।

nepali-team-2

 

विहीबार घोषणा भएको अन्तिम टोलिमा कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्ल सहित सागर पुन, नरेश बुढाऐर, शरद भेषवाकर र र विनोद भण्डारी टोलीमा परेका छन् । यस्तै बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, करण केसी र राजेश पुलामी पनि छन् । टोलीमा यू–१९ टोलिबाट राजु रिजालसहित सन्दीप लामिछाने र सुशन भारी पर्न सफल भएका छन् । सन्दीप लामिछाने अन्डर १९ टोलीबाट बङगलादेशमा भएको आईसीसी अन्डर १९ विश्वकप

क्रिकेटबाट आयरल्याण्ड विरद्ध ह्याट्रिक गर्ने पहिलो नेपाली बलर हुन् । उनले १० ओभर बलिङ गरेर २७ रन खर्चेर ह्याट्रिक सहित ५ विकटे लिएका कारण सोही प्रदर्शन सन्दीपका लागि राष्ट्रिय टोलीका लागि सजिलो खुड्किलो बन्यो ।  उनी एउटै खेलमा पाँच विकेट लिन पहिलो नेपाली खेलाडी समेत बनेका थिए ।

त्यस्तै क्यानले विक्रम सोव, दिपेन्द्रसिंह ऐरी, प्रेम तामाङ र अनिल मण्डललाई बैकल्पिकमा राखिएको छ ।

यो पटक बन्द प्रशिक्षणमा रहेका सुवास खकुरेल, सिद्धान्त लोहनी, सुनिल धमला, मन्जित श्रेष्ठ, अभिनाश कर्ण, आरिफ शेख, प्रदिप ऐरी भने टोलीमा पर्न सकेनन् । यसका साथै विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नामिबियाबीचको खेलको टिकट बिक्री सुरु भएको छ ।

 

यसैबीच बिहीबारबाट टिकट बिक्री सुरु भएको हो । टिकटको मूल्य १०० रुपैयाँ राखिएको छ । टिकट खरिद इसेवाबाट गर्नु पर्नेछ । नेपाल र नामिबियाबीचको खेल आगामी वैशाख ४ र ६ गते कीर्तिपुर मैदानमा हुनेछ ।

LIVE TV