२४ चैत्र २०७२, बुधबार

भारत, भारतीय गृहमन्त्री राजनाथ सिंहले बङ्गालमा सीमापारबाट घुसपैठ हुनेगरेको र यसलाई रोक्न बङ्गाल सरकार असफल रहने गरेको बताउनुभएको छ । rajnath
बुधबार एक चुनावी छलफलमा सहभागी हुने क्रममा गृहमन्त्री सिंहले भन्नुभयो–“बङ्गलादेशबाट भारतको बङ्गाल क्षेत्रमा अनियमित क्रियाकलाप गर्ने समूहको घुसपैठ हुने गरे पनि राज्य सरकार यसलाई नियन्त्रण गर्ने कममा चुकेको टिप्पणी गर्नुभयो ।”

चुनावी सभामा बोल्दै उहाँले ‘यदि भारतीय जनता पार्टीको नेतृत्वमा बङ्गाल राज्य सरकारको गठन भएमा भाजपा नेतृत्व भएका अन्य राज्यमा जस्तै बङ्गाल क्षेत्रमा पनि व्यापक सुधार ल्याउने’ दाबी गर्नुभयो ।

बङ्गाल क्षेत्रमा भ्रष्टाचारमुक्त तथा पारदर्शी सरकार यहाँको गरिबी नियन्त्रणका लागिड आवश्यक रहने उहाँको भनाइ थियो । रासस पीटीआई

 

LIVE TV