२४ चैत्र २०७२, बुधबार

धनुषाका संचार उद्यमी अरुण सिंघानियाँ हत्या प्रकरण पेचिलो बन्दै, पछिल्लो समय तिव्रता पाइरहेको प्रहरी अनुसन्धानलाई बंग्याउँन थालेको सरोकारवालाको आरोप

SHAH

जनकपुरका संचार उद्यमी अरुण सिंघानियाँ हत्या प्रकरणबारेको अनुसन्धान दिनानुदिन पेचिलो बन्दै गएको छ । नेपाल प्रहरीले सिंघानियाँ हत्याको अनुसन्धान पछिल्लो समय तिव्रता दिईएपनि अनुसन्धानलाई बंग्याइएको खुलेको छ ।

वि.स.२०६६ फागुन १७ गते होली पर्वको दिन हत्या गरिएका सिंघानियाको हत्यामा अनुसन्धानको क्रममा सद्भावना पार्टीका केन्द्रिय सदस्य रामविनोद यादव र फोरम लोकतान्त्रिकका धनुषा उपाध्यक्ष चन्द्रदीप यादव दोषी रहेको बताइएको थियो । केहि दिन अगाडि चन्द्रदीपलाई प्रहरीले पक्राउ गरी सार्वजानिक गर्दै सिंघानियाँ हत्याको कन्ट्रयाक्ट लिएको खुलाएको थियो । उक्त पत्रकार सम्मेलनमा मध्यमाञ्चल क्षेत्रका प्रहरी नायव महानिरीक्षक पशुपति उपाध्यायले हत्याको अनुसन्धान पूरा भईनसकेको बताउँनुभयो । सिंघानियाँको हत्याबाट ककसलाई बढि फाईदा भयो र हत्यामा आर्थिक र व्यवसायिक पाटोबारे समेत अनुसन्धान भैरहेको बताउँनुभएको थियो ।

तर बुधबार धनुषा प्रहरीले पत्रकार सम्मेलन गरेर पूर्व अनुसन्धानलाई बंग्याउंदै सिंघानियाँको हत्या समाचार प्रकाशनबाट भएको जिकिर गरेको छ । धनुषाका प्रहरी उपरिक्षक रामदत्त जोशीले जनकपुर टुडेमा प्रकाशित समाचारका कारणले सिंघानियाँको हत्या भएको जिकिर गरेपछि अनुसन्धान झन पेचिलो बनेको हो ।

प्रहरीको उच्च निगरानीमा रहेका केही आरोपीको उच्चप्रहरी अधिकृतहरुसंगको निकटता तथा केहीलाई मुलुकको ठूलो राजनीतिकदलको संरक्षण प्राप्त रहेकोले बहुचर्चित सिंहानिया हत्याकाण्ड ओझेलमा पार्न थालिएको आशंका उत्पन्न भएको छ ।  चारवर्ष अघि गोली हानी हत्या गरिएका सञ्चार उद्यमी सिंघानिया हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चन्द्रदीप यादव, एकलाल भन्ने योगेन्द्र सहनी र अन्ती राईनलाई पक्राउ गरिसकेको छ । उनीहरुको वयानको आधारमा प्रहरीले सभासद संजय साहलाई अहिले आएर मुख्य अभियुक्त बनाएकोमा उनका परिवारजनले आपत्ति जनाएको छ । उनीहरुले पत्रकार सम्मेलन नै गरेर साह निर्दोश रहेको दावी गरेका छन् ।

 

संजय साहका श्रीमती रंगिलादेवी साहले राजनीतिक आडमा आप्mनो श्रीमानलाई सिंघानियां हत्यामा मुछ्न खोजेको दावी गरिन् । सिंघानियां हत्यामा संलग्नलाई उन्मुक्ति दिन संजय साहमाथि मुद्दा थुपार्न खोजिएको उनको गुनासो थियो ।

संचार उद्यमी सिंहानिया हत्याको जिम्मा लिने मुकेश चौधरी तथा मुख्य योजनाकार भनिएका रामविनोद यादवको सिंहानियासंग निजी दुश्मनी थिएन । त्यसैले सिंहानिया हत्या गराउन आर्थिक चलखेल हुनसक्ने आशंका गरिदै आएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले हत्या अनुसन्धानको क्रममा स्थानीय केही मारवाडी व्यावसायीहरुलाई समेत निगरानीमा राखेको छ ।

 

LIVE TV