२४ चैत्र २०७२, बुधबार

मुलुकको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरवार परिसरमा कर्मचारीहरुको नाराबाजी, मर्यादा भुलेका कर्मचारीले कानूनको धज्जी उडाउँदै तोडे निषेधाज्ञा ।

CC

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार सम्वेदनशील क्षेत्र हो । देशका अधिकांश प्रशासनिक कार्यालय, मन्त्रालय लगायतका महत्वपूर्ण कार्यालयहरु सिंहदरवारभित्रै छन । यसैको गाम्भिर्यतालाई हरेर सिंहदरवार आसपासको क्षेत्रका भेला हुने, नारावाजी गर्ने, लगायतका विरोधका कार्यक्रम गर्न पाइदैँन । सरकारले सिंहदरवार परिसरलाई निषेधित क्षेत्र घोषणा गरेको छ । तर स्थायी सरकारको रुपमा रहेका निजामति कर्माचारी भने सिंहदरवार भित्रै कामकाजै ठप्प पारी नारावाजीमा उत्रिएका छन । निषेधित क्षेत्रमै नाराजुलुस गरेर निजामति कर्मचारीहरुले रमिता देखाइरहेका मात्र छैनन् कानूनकै धज्जी उडाएका छन् ।

स्थायी सरकार भनिने निजामती कर्मचारीहरु पछिल्लो समय विभिन्न राजनीतिक दलहरुको आडमा कर्माचारी तन्त्रलाई अखडाको रुपमा लिइरहेका छन । निजामति कर्मचारीमा जागिर गर्नपूर्व कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्छ । सरकार जसको नेतृत्वमा भए पनि निजामति कर्मचारीले आफ्नो जिम्मेवारी कुशलतापूर्वक पालना गर्नुपर्छ । केही वर्ष यता निजामति कर्मचारीको कामकारवाही हेर्ने हो भने उनीहरुको काममा समेत राजनीतिको छाप देखिन थालेको छ । निजामति कर्मचारीको हकहितको लागि एउटा स्वतन्त्र ट्रेड युनियन निर्माणसम्म ठिकै हो ।

तर त्यही स्वतन्त्र भनिएको ट्रेड युनियनको नेतृत्वमा पुग्न विभिन्न राजनीतिक दलको छत्रछायामा वसेर खुलाइएका विभिन्न दलगत ट्रेड युनियनका कर्मचारी नेताहरु प्रयासरत छन । यस्तैमा ती विभिन्न दलसम्वत ट्रेड युनियनहरुले नेपालको विद्यमान कानूनको नै धज्जी उडाएका छन र आफ्नो पदको मार्यादा समेत भुलेका छन । सर्वसाधारणलाई निशेधित क्षेत्रमा नारावाजी, हुलहुज्जत गर्नुहुन्न भनेर सिकाउने यी निजामति कर्मचारी आफै निशेधित क्षेत्रमा नारावाजी गरेर आफ्नै खिल्ली उडाइरहेका छन ।

निजामति कर्मचारीको आन्दोलको विषयमा समान्य प्रशासन मन्त्री रेखा शर्मा समेत पन्छिनु खोज्नुभयो । निजामति कर्मचारीको आधिकारीक ट्रेड युनियनको निर्वाचनको पक्षमा आफु रहकोे वताउनुभयो । तर यसरी आन्दोलन गर्दा उनीहरुलाई कारवाही के हुन्छ भन्दा यो आफ्नो विषय नभएको प्रतिक्रिया दिनुभयो ।

यसरी कानूनको पालना गर्न सिकाउने निजामति कर्मचारी भने आफै त्यसको उल्लघंन गरिरहेका छन । कर्मचारीले नै यस्तो हर्कत गर्न थालेपछि सर्वसाधारण जनताले यीनिहरुवाट के नै सिक्ने ?  हुन त  निजामति कर्मचारी सँधै विवादमा आइरहन्छन । कहिले सरकारले पोसाक भत्ता उपलव्ध गराउँदा गराउँदै पनि पोसाक नै नलगाई कार्यालय जाने गर्दछन । निजामति कर्मचारी भनेको विशुद्ध सार्वजनिक पद हो र यो पद धारण गरेको व्यक्तिले विभिन्न स्वार्थमा राजनीतिमा लाग्नु यो पदको गरिमालाई सोभा दिँदैन । यसरी राजनीति गर्ने यस्ता निजामति कर्मचारीलाई कारवाहीको दायरामा ल्याउनै पर्छ ।

 

 

LIVE TV