
नेपालमा मधुमेह हुने अधिकांश व्यक्तिमा मोटोपनाका कारण यो रोग लाग्ने गरेको एक तथ्याङ्कले देखाएको छ । नेपालमा १६ दशमलब ७ प्रतिशत मोटोपनका कारण मधुमेह हुने गरेको पाइएको हो ।
चिकित्सकहरुका अनुसार मोटोपनबाट बच्न सकियो भने पनि मधुमेह रोगबाट टाढै रहन मद्दत गर्दछ । मोटोपन घटाउँन वा शरीरलाई फुर्तिलो बनाइराख्न दैनिक ३० मिनेटको व्यायाम्बाट नै वयस्क व्यक्तिलाई तौल नियन्त्रण गर्न मद्दत पुग्ने चिकित्सकहरु बताउँछन् । यसैबीच विश्व स्वास्थ्य संगठनले बजारीया खानाका कारण पनि मधुमेह बढ्ने सम्भावना उच्च रहने भएकोले आफ्ना बालबच्चालाई सकभर त्यस्ता खाना कम मात्र दिन सुझाएको छ । बजारिया खानामा नियन्त्रण गरी मधुमेहको जोखिम नियन्त्रण गर्न सरकारले नै कार्यक्रम ल्याउन आवश्यक रहेको उसको भनाई छ ।
यस्तै हरेक व्यक्तिले कम्तीमा वर्षमा एकपटक सुगर जाँच गराउनुपर्ने चिकित्सकहरु बताउँछन् । मुख सुक्खा हुने, पिसाब लागिरहने, धेरै भोक लाग्ने, तौल घट्ने, घाउ हत्तपत्त निको नहुने, हातगोडा झम्झमाउने, निदाउने या गल्नेजस्ता लक्षण देखिएमा तुरुन्त जाँच गराउनु पर्दछ । मधुमेह लागिसकेका बिरामीले चिकित्सकले भने अनुसार औषधि सेवन र खानपानमा विचार पु¥याउनुपर्दछ । मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराईले मानिसको जीवनशैलीमा आएको परिवर्तन अस्वस्थकर खानपानका कारण मधुमेहले ठूलोरुप लिन थालेको बताउँनजुभयो ।
विश्व स्वास्थ्य सङ्गठनको आँकडाअनुसार नेपालमा अहिलेसम्म मधुमेहपीडित कति छन् भन्ने तथ्याङ्क नै छैन तर सन् २०१६ मा गरेको एक सर्वेक्षणले ९ दशमलब १ प्रतिशत नेपालीमा मधुमेह रहेको उल्लेख छ । त्यसमा १० दशमलब ५ प्रतिशत पुरुष र ७ दशमलब ९ प्रतिशत महिला मधुमेह पीडित रहेको देखाएको छ ।
मधुमेह रोग लागेमा ह्दयघात हुने अन्धोपन हुने मृगौला फेल हुने र घाउ निका ेनहुने जस्त दीर्घकालीन असरहरु देखा पर्दछ । सामान्य जीवनशैलीमा परिवर्तन ल्याउँन सकियो भने मात्र पनि मधुमेहबाट बच्न सकिने भएकोले बेलैमा सबै सचेत रहन आवश्यक छ ।