२४ चैत्र २०७२, बुधबार

१५ वर्षीय किशोरीलाई बलात्कार गर्ने ५५ वर्षीय कृष्णबहादुर कामी १४ वर्षको कैद सजाय, धनुषामा दुई बालिका बलात्कार गर्ने किशोर पक्राउ ।

jail-in-terrorist-nepal

१५ वर्षकी बालिकालाई बलात्कार गर्ने एक पुरुषलाई भक्तपुर जिल्ला अदालतले १४ वर्षको कैद सजाय सुनाएको छ ।

गएको फागुन ११ गते बालिका बलात्कारको आरोपमा पक्राउ परेका रामेछाप घरभई चाँगुनारायण नगरपालिका १० साघुछाप बस्ने ५५ वर्षका शम्भु भन्ने कृष्णबहादुर कामीलाई बुधबार जेल चलान गरिएको छ ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासले कामीलाई १४ वर्ष कैद र १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेपछि बुधबार नै जेल चलान गरिएको अदालतका श्रेस्तादार हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

LIVE TV