२४ चैत्र २०७२, बुधबार

कावासोती, पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट–४ सिर्जना चोकमा आज बिहान १०ः४० को समयमा स्कुल बसले मोटरसाइकलाई ठक्कर दिँदा एमाले नवलपरासी क्षेत्र नं ३ का सल्लाहकार पिताम्बर पौडेलको मृत्यु भएको छ ।

accident-logo1-620x330
पश्चिबाट पूर्वतर्फ गुडिरहेको लु१ख ४४९८ नंको स्कुल बसले सोही दिशातर्फ जाँदै गरेको लु६प ५०३४ नंको मोटरसाइकललाई ठक्कर दिँदा बर्दघाट–३ घर भएका ६१ वर्षीय सल्लाहकार पौडेलको मृत्यु भएको हो । पूर्वशिक्षकसमेत रहनुभएका पौडेल बर्दघाटमा लोकप्रिय मानिनु हुन्थ्यो ।

मोटरसाइकललाई ठक्कर दिने बस होली केयर स्कुल पाल्डाँडाको हो । प्रहरीले स्कुल बस, चालक र मोटरसाइकल नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । रासस

 

LIVE TV