२४ चैत्र २०७२, बुधबार

भक्तपुर, पन्ध्र वर्षीय बालिकालाई बलात्कार गर्ने एक पुरुषलाई आज भक्तपुर जिल्ला अदालतले १४ वर्षको कैद सजाय सुनाएको छ ।

jail-in-terrorist-nepal
बलात्कार आरोपमा पक्राउ परेका रामेछाप घरभई चाँगुनारायण नगरपालिका १० साघुछाप बस्ने वर्ष ५५ का शम्भु भन्ने कृष्णबहादुर कामीलाई आज जेल चलान गरिएको छ ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीस बालेन्द्र रुपाखेतीको इजलासले कामीलाई १४ वर्ष कैद र १ लाख रुपैया क्षतिपूर्ति भराउने फैसला गरेपछि आजै जेल चलान गरिएको अदालतका श्रेस्तेदार हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । रासस

 

LIVE TV