
ब्राजाभिल्ले, कङ्गोको राजधानी ब्राजाभिल्लेमा सोमबार जारी झडपमा १७ व्यक्तिको मृत्यु भएको समाचार छ । आतङ्ककारी आक्रमणमा ती व्यक्तिहरुको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ ।
यस आतङ्ककारी आक्रमणमा परी तीन सुरक्षा अधिकारी, दुई सर्वसाधारण र अरु १२ जना आतङ्ककारीको मृत्यु भएको जनाइएको छ । सहरको दक्षिणी भागमा सो घटना भएको जनाइएको छ ।
सरकारका प्रवक्ता थिएरी मोउङ्गाल्लाले आफ्नो ट्वीटरमार्फत सो जानकारी दिनुभएको छ । कङ्गोमा विद्रोहीहरुले पछिल्लो समयमा आतङ्कवादी क्रियाकलापलाई बढाएका छन् । रासस ÷एएफपी