२४ चैत्र २०७२, बुधबार

सुनसरीको चतरामा वस्दै आएका कृष्णदास महाराज भनिने कृष्णराज गिरीले दोहोरो नागरिकता लिएर अबैध काम गरिरहेको खुलासा भएको छ । केहि समय अघिदेखि विवादित वन्दै आएका गिरीविरुद्ध मंगलवार जिल्लाप्रशासन कार्यालय सुनसरीमा उजुरी परे प्रहरीले छानविन प्रक्रिया अघि बढाएको छ ।

nagarikta-e1425519495754

कृष्णदास भनिने कृष्णबहादुर गिरीले नाम, जन्म मिति र स्थाइ बसोबासको बिबरण फरक फरक लेखाइ सोलु र सुनसरीबाट दुईवटा नागरिकता लिएर कारोबार गर्ने गरेको प्रमाणित भएको हो ।

गिरीले सोलुबाट नाम कृष्णबहादुर गिरी,ठेगाना जुबु १ सोलु र जन्म मिति २०३० साल मंसिर १० गते लेखिएको २२२७।५९५ नम्बरको नागरिकता लिएका छन् । यस्तै उनले २०६५ साल पुष १७ गते सुनसरीबाट नाम श्री बैष्णब कृष्णदासका नाममा जन्म ठेगाना जुबु सोलु, स्थाइ बसोबास बराहक्षेत्र १ सुनसरी, जन्म मिति २०३१ साल फागुन १९ गते लेखिएको ०६९००४।१३२८०८ नम्बरको नागरिकता लिएका छन् । दुबै नागरिकतामा जन्म स्थान जुबु सोलु र बुवाको नाम भने छबिलाल गिरिनै लेखिएको छ । नाम र जन्म मिति फरक फरक छ । सुनसरीबाट जारी नागरिकतामा प्रसासकिय अधिकृत बेदनिधि खनाल र सोलुबाट जारी नागरिकतामा भीमसेर रुम्दालीले हस्ताक्षर गर्नुभएको छ ।

कृष्णदासले दुई वटा नागरिकता मात्र लिएका होइनन् दुबैबाट बैंक खाता सन्चालन गरि आर्थिक कारोबार र जग्गा जमिन समेत खरिद बिक्री गरेको पाइएको छ । उनले सुनसरीमा कृष्णबहादुर गिरिका नाममा र देबघाटमा श्री बैष्णब कृष्णदासका नाममा जग्गा जमिन गरिद बिक्री गरेको पाइएको छ । यी लगायतका काम थाहा पाएका परिवारका सदस्यलाई उनले यस्तो कुरा बाहिर लगे मारिदिने सम्मको धम्की दिने गरेका छन् ।

कृष्णदासले फरक फरक बिबरण राखी दोहोरो नागरिक्ता लिएर दुरुपयोग गर्ने मात्र होइन नाडी छामेरनै बिरामी पत्ता लगाउने भन्दै चतरामा बसेर अबैध जडिबुटिको कारोबार समेत गर्दै आएका छन् । अचम्मको कुरा त उनलाई राज्यले एक जना हवाल्दार सुरक्षाकर्मी उपलब्ध गराइदिएको छ । सुरक्षाकर्मीलाइ संगै गाडीमा राखेर गेरु बस्त्र लगाएको साधु देखेपछि उनको गाडी विना चेक जाँच छोडिदिने गरेका छन् । त्यसैको फाइदा उठाउँदै उनले त्यही  गाडी मार्फत अबैध कारोबार समेत गर्दै आएको उनी निकटस्थले बताएका छन् ।

सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेलले कृष्णदासको बारेमा दुईवटा नागरीकता लिएको विषयमा उजुरी परेको वताउँनुभयो । मगंलवार दिउँसो उजुरी परेको जानकारी दिनुहुँदै उहाँले  यस विषयमा आवश्यक अनुसन्धान शुरु भइसकेको बताउँनुभयो ।

दुईवटा नागरिकता लिएको पुष्टि भए एक बर्ष सम्म कैद सजाय हुने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउँनुभयो ।

 

LIVE TV