२४ चैत्र २०७२, बुधबार

बेलायतका राजकुमार ह्यारीले नेपाल भ्रमणका क्रममा पुनः निर्माणका लागि भूकम्पपीडितलाई सहयोग गरेका केहि फोटो सार्बजनिक गरेका छन् ।

केही दिन हराएका ह्यारी गोरखाको लापुबेसीमा विद्यालय पुनर्निर्माण गर्दै भेटिए । ३१ वर्षीय ह्यारी आफै विद्यालयको पुनर्निर्माणमा खटिएका समाचारहरु सार्वजनिक भए पनि मिडियालाई प्रतिबन्धित गरिएका कारण उनले त्यहाँ काम गरेको तस्विरहरु भने सार्वजनिक भएको थिएन ।

त्यहाँ उनले बेलायतको टिम रुबिकनसँग मिलेर पुनर्निर्माणमा खटेका थिए । उनले त्यहाँ विद्यालय पुनर्निर्माणमा सघाउनुको साथै नयाँ सोलार फार्म बनाउन, जलविद्युतको टरबाइन निर्माण गर्न पनि सहयोग गरेका थिए । बेलायती राजकुमार स्वदेश फर्किसकेका छन् । अहिले टिम रुबिकनले ह्यारीले त्यतिबेला काम गरेका तस्विरहरु सार्वजनिक गरेको छ ।

गोरखाको लापुवेशीमा विद्यालय भवन बनाउन श्रमदानमा जुटेका ह्यारीले बेलायत गएपछि श्रमदानका केही तस्बिर ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् ।

पुनः निर्माणका लागि भूकम्पपीडितलाई गरेको सहयोगका केही तस्बिर हेर्नुहोस

h3

h2

h1

h6

h5

h4

 

LIVE TV