२४ चैत्र २०७२, बुधबार

धनुषाको मिथिला नगरपालिका वडा नंं.९ मा बालिका बलात्कारको अभियोगमा प्रहरीले एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

arrest

तीन बालिकालाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा मिथिला नगरपालिका वडा नंं.९ का वर्ष १४ वर्षीय राजेश माझीलाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय ६, ७ र ८ वर्षिया वालिकाहरुलाई विभिन्न प्रलोभन देखाई घर नजिकै रहेको जंगलमा लगेर विगत केहि दिनदेखि माझी अनैतिक कार्य गर्दै आएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

पीडित वालिकाहरुले अभिभावकलाई जानकारी गराएपछि घटना बाहिर आएको हो ।

घटना लगतै पीडित बालिकाहरुको मेडिकल चेक गराईएको छ ।

LIVE TV