२४ चैत्र २०७२, बुधबार

सफल निर्देशक रामबाबु गुरुङको तेस्रो फिल्म ‘पुरानो डुंगा’को रिलीज मिती फाईनल भएको छ । निर्देशक गुरुङका अनुसार फिल्म ‘पुरानो डुंगा’ मंसिरको १० गतेबाट दर्शकहरुले हेर्न पाउने भएका छन् । पछिल्लो समयमा रिलीजको क्रममा फिल्महरु जुद्ने भएको हुनाले आफ्नो फिल्म अरुको फिल्म सँग नजुदोस भन्ने हिसाबले फिल्म ‘पुरानो डुंगा’को निर्माताहरुले रिलीज मिती अनाउन्स गरेको निर्देशक गुरुङले बताए । तोकेको समयमा अन्य समस्याहरु नआएमा ‘पुरानो डुंगा’ फिल्मका निर्माण पक्षले मंसिर १० मै फिल्म रिलीज गर्ने बताएका छन् ।

0000

निर्देशक राम बाबु गुरुङले ‘पुरानो डुंगा’ फिल्म भन्दा पहिले दुई वटा सफल फिल्महरु कबड्डी, र सिरीज फिल्म कबड्डी कबड्डी निर्देशन गरीसकेका छन् । निर्देशक गुरुङको दर्शकहरुको लागि ‘पुरानो डुंगा’ अवेइटेड फिल्मको रुपमा रहेको छ । ‘पुरानो डुंगा’ फिल्ममा डुंगा चलाएर जीवीको पार्जन गरीरहेको मानिसको कथा बोल्नेछ ।
‘पुरानो डुंगा’ फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, मेनुका प्रधान, माओत्से गुरुङ लगाएत कलाकारहरुको अभिनय रहेको छ । फिल्मको कथा माओत्से गुरुङले लेखेका हुन् । त्यस्तै फिल्म ‘पुरानो डुंगा’को निर्माताको रुपमा धन बहादुर गुरुङ, रौनक बिक्रम कंडेल र ओम चन्द्र रौनियार रहेका छन् ।

LIVE TV