२४ चैत्र २०७२, बुधबार

कंगना रनावतले ऋतिकलाई आफ्नो कानुनी नोटिसलाई फिर्ता लिने अथवा कार्वाहीको सामना  गर्ने धम्कि दिएकी छिन् । कंगना  र ऋतिकको बिबाद भईरहेको समयमा ऋतिकको अर्को नयाँ घटना आएको हुनाले ऋतिकलाई बचाउनलाई कंगनाले कुरा घुमाएकी हुन् । कंगनाको वकिल रीजवान सिद्धिकीका अनुसार ऋतीकले कानुनी नोटिसलाई फिर्ता लिएमा कंगना यस कुराको अन्त्य गर्न तयार रहेको बताएकी छिन् । केहि समय अघि कंगनाले ऋतिकलाई बेकुफ पुर्बप्रेमि भनेकी कुरालाई लिएर ऋतिकले सार्वजनिक रुपमा माफि माग्न कंगनालाई कानुनी रुपमा नोटिस दिएका थिए ।

Hrithik-Roshan-Kangana-Ranaut
वकिल सिद्धिकीले भनेका छन् “ऋतिकले उक्त नोटिस फिर्ता लिन सबैभन्दा राम्रो बिकल्प हो” । मामला भड्काउन र मिडियाहरुबाट ट्रायलको कोसिस गर्नाले मामला बिग्रने सिद्धिकीले बताएका छन् ।
फ्रेबुअरीमा ऋतिकले कंगनालाई कानुनी रुपमा नोटिस दिएर प्रेसमिट गरेर सार्वजनिक रुपमा माफि माग्न भनेका थिए । यसैको जवाफमा कंगनाले ऋतिकलाई धम्कि दिएको आरोप लगाउँदै २१ पन्ना भएको एक सुचना पठाएकी थिईन् ।

maxresdefault

LIVE TV