२४ चैत्र २०७२, बुधबार

 

तीन वर्षअघि पाँच जनाको ज्यान जाने गरी गराइएको विस्फोटका मूख्य आरोपी निलम्बित सभासद सञ्जयकुमार साह सञ्चार उद्यमी अरुण सिंघानिया हत्यामा समेत संलग्न रहेको खुलासा भएको छ। कान्तिपुर दैनिकमा समाचार छ।

murder

सिंघानिया हत्याका मूख्या आरोपी चन्द्रदीप यादवले निलम्बित सभासद साह र उनका सहयोगी रामगोविन्द यादवले १० लाखको ‘सुपारी’ दिएर सिंघानियालाई हत्या गर्न लगाएको बयान दिएका छन्।

 

सिंघानिया हत्याका आरोपीहरु निलम्बित सभासद साह, हत्याको जिम्मा लिने तत्कालीन सशस्त्र समूहका नाइके अर्जुन सिंह भनिने मुकेश चौधरी, गोली प्रहार गर्ने एकलाल भनिने योगेन्द्र सहनी र साहका पूर्वसहयोगी ओम यादवलाई धनुषा ल्याइएको छ।

 

LIVE TV