२३ चैत्र २०७२, मंगलवार

शैक्षिक क्षेत्रमा निजी विद्यालयहरुले मनपरी शुल्क लिने प्रचलन बढेको भन्दै संयुक्त बिद्यार्थी संगठनहरुले शिक्षा मन्त्री गिरिराजमणि पोखरेल समक्ष ज्ञापनपत्र बुझाएका छन् । निजी बिद्यालयहरुमा बैज्ञानिक शुल्क निर्धारण हुनुपर्ने जसमा बैज्ञानिक मापदण्ड हुनुपर्ने माग समेटिएको छ ।

sa

शिक्षा मन्त्रालयले जारी गरेको निजी तथा संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका कार्यान्वन गर्न र शुल्कमा बैज्ञानिक मापदण्ड लागु गर्न भन्दै संयुक्त बिद्यार्थी संगठनहरुले मंगलबार शिक्षा मन्त्रालयमा ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझेसंगै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यस प्रकृयाको कार्यान्ययनका लागि मन्त्रालय अघि बढिसकेको बताउनु भयो । जसका लागि ऐन निर्माणको प्रकृयामा काम भईरहेको उहाँले बताउनुभयो ।

 

बिद्यार्थी संगठनहरुले माध्यमिक तहको पाठ्यपुस्तक समयमा नै उपलब्ध गराउन र पाठ्यपुस्तकको अभाबको समस्यालाई चाडै समाधान गर्न समेत सरकारको ध्यानाकर्षण गराएका थिए । संयुक्त विद्यार्थी संगठनले विद्यमान समस्या समाधानका लागि सरकार गम्भीर नभए आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।

 

LIVE TV