२३ चैत्र २०७२, मंगलवार

म्याग्दीमा प्रतिबन्धित औषधिको प्रयोग गरि लुटपाटका घट्नामा वृद्धि, निन्द्रा लाग्ने औषधि र सुन्दर युवती प्रयोग गरेर लुट्ने गिरोह सक्रिय

lutpat

जुद्धवीर कामीको साथमा सधै निन्द्रा लाग्ने औषधी हुन्छ । उनको परिचय समेत ठाउँ अनुसार फरक फरक हुन्छ । स्याङ्जा–२ मनकमानाका ४५ बर्षिय प्रदिप बस्नेत भन्ने कामी र कास्की लेखनाथ उपनगरपालिका–१८ बस्ने ४० बर्षिय पदम गुरूङ भनेर चिनाउने पदम विकको काम भनेको निन्द्रा लाग्ने औषधी र युवती प्रयोग गरेर लुटपाट गर्नु हो । आर्थिक हैसियत राम्रो भएका र युवतीसंग धेरै घुलमिल हुने युवाहरु उनीहरुका मूख्य शिकारका रुपमा रहने गरेको रहस्य चैत्र १ गतेको घट्नापछि खुलासा भएको हो ।

कामी र विकको योजनामा गत चैत्र १ गते म्याग्दीको सदरमुकाम बेनीस्थित होटल एण्ड नान हाउसमा खाजा घरमा बरंजा–२ घरभई हाल बेनी नगरपालिकास्थित हाँडेभीरमा कृषकको औजार कारखाना सञ्चालन गर्दै आएका कुलदिप जुग्जाली लुटिएका थिए ।  उनीहरुले डाक्टरको सिफारिस र तोकिएको स्थानबाट खरिद गर्नुपर्ने औषधीहरू खुलेआम खरिद गरेर अपराधिक घटनामा प्रयोग गर्दै आएको तथ्य समेत सार्वजनिक भएको हो । होटलमा खाजा खाने बाहनामा दाङ घोरही उपनगरपालिका–१७ हाल पोखरा उपनगरपालिका–४ बुढानिलकण्ठमा बस्ने देविका पुनले जुग्जालीले लगाएको ४ तोलाको सिक्री, सुनको औंठी र सुनको बाला गरी साढे नौ तोला सुन, मोवाईल र नगद ८ हजार चोरी गरेर फरार भएकी थिईन् । उनले रक्सीमा निन्द्रा लाग्ने औषधीको प्रयोग गरेको प्रहरी समक्ष बयान दिएको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताउँनुभयो ।

निन्द्रा लाग्ने लाग्ने औषधी खुवाएर रातको ११ बजे झ्यालबाट भाग्ने क्रममा खुट्टा भाचिँएपछि उपचारको क्रममा प्रहरीले पोखराबाट पुनलाई नियन्त्रणमा लिएको थियो । पुनले दिएको बयानपछि पक्राउ गरेका अभियुक्त कामी र विक पेसेवर लुटेरा हुनसक्ने प्रहरीको अनुमान छ । आर्कषक युवतीलाई प्रयोग गरेर औषधीले लठ्याएर लुट्दै आएका अभियुक्तले नियमित क्लिनिक र फार्मेसीबाट औषधी खरिद गर्ने गरेको समेत प्रहरीलाई बयान दिएका छन् ।

अभियुक्त युवती पुनले औषधी रक्सीमा मिसाएर खुवाएपछि जुग्जाली ८ घण्टासम्म बेहोस जस्तै भएका थिए । पक्राउ परेका अभियुक्तहरुले एटिभन नामक औषधीलाई अपराधिक घटनामा प्रयोग गरेको स्वीकारेका थिए । अभियुक्त कामीले जिल्लाकै भकिम्ली गाविसमा समेत एक घरबाट औषधीको प्रयोग गरेर सुन लुटेको प्रहरी समक्ष बताएकाले औषधीको खुलेआम विक्रीले अपराधिक घटना बढ्ने गरेको खुलासाि भएको छ ।  जिल्ला अस्पताल म्याग्दीमा कार्यरत डा. धिरेन मल्लका अनुसार निन्द्रा लाग्ने सहितका केही आषैधीहरु डाक्टरको सिफारिसमा तोकिएको पसलबाट रेकर्ड राखेर विक्री गनुपर्ने व्यवस्था रहेको बताउँनुभयो । त्यसरी विक्री गरिने औषधि पनि कति र के का लागि भनेर स्पष्ट रुपमा टिपोट राख्नुपर्ने भए पनि कमाउने र महंगोमा विक्री गर्न पाउने लोभमा औषधि पसलबाट अवैध र खुलेआम विक्री भइरहेको खुलासा भएसँगै फार्मेसीहरुमाथि समेत निगरानी आवश्यक रहेकोतर्फ सबैको ध्यानाकर्षण गराएको छ ।

 

 

LIVE TV