२३ चैत्र २०७२, मंगलवार

नेपालका लागि बेलायती राजदुत रिर्चाड मोरिसले दुर्गम मुगु जिल्लाका विभिन्न ग्रामीण क्षेत्रको स्थलगत भ्रमण गर्नुभएको छ । बेलायत सरकारको अन्र्तराष्ट्रिय सहयोग नियोग ( डिएफआईडी ) को आर्थिक सहयोगमा जिल्लामा सञ्चालित विकास योजनाको अनुगमन निरिक्षण गर्न उहाँ आफ्नो टोली सहित मुगु पुग्नुभएको हो ।

moris

आईतवार सदरमुकाम गमगढी पुग्नुभएका राजदुतको टोलीले जिल्ला स्थित सरकारी कार्यालयको प्रमुखसंग जिल्लाको विकास निर्माणका विषयमा छलफल गरेको थियो । यस्तै सोमबार विहान राजदुत मोरिसले जिल्ला अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयबाट प्रवाह हुने स्वास्थ्य सेवा तथा भौतिक संरचनाको निरिक्षण अबलोकन गर्नुभएको थियो ।  सोही क्रममा उहाँले नेपालको समग्र विकासका लागि आफुले गर्न सक्ने सहयोग गर्ने प्रविद्दता व्यक्त गर्नुभयो । नेपाल र बेलायत सरकार बीच दुई सय वर्ष पुरानो मित्रता रहेको , दुवै देश बीच शैन्य सहयोग , पुर्वाधार तथा संस्थागत विकासका लागि हातेमालो भईरहेकाले अझै पनि यस्तो सहयोग र मित्रताले निरन्तरता पाउँने उहाँको भनाई थियो ,।

डिएफआईडिले नेपालको स्वास्थ्य क्षेत्र सुधार गर्न  स्वास्थ्य मन्त्रालयसंग मिलेर काम गरिरहेको , सडक निर्माण कार्यमा समेत सहयोग गरिरहेकाले अझै पाँच वर्षसम्म काम गर्ने गरि नेपाल सरकारसंग सहमति भई सकेको जानकारी समेत उहाँले दिनुभयो ।

ग्रामीण पहुँच कार्यक्रम अन्र्तगत निर्माणाधिन अवस्थामा रहेको गमगढी देखि धैन धुलाचौर सम्मको सडक, स्वास्थ्य कार्यालयमा सञ्चालित परिवार नियोजन कार्यक्रम , जिल्ला विकास समिति मार्फत सञ्चालित नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमबाट मुगुका जनता कति लाभान्वी भएका छन र थप के गर्न सकिन्छ भनेर मुगुका गाउँ गाउँमा पुगेको उहाँले बताउँनुभयो ।

भेटघाटका क्रममा गाउँका स्थानीयले आफुलाई सडक निर्माण कार्यले रोजगारका अवसर सिर्जना गरे पनि सडक निर्माणले सडक आसपासका खोनेपानी , सिचाई, घट्ट, विद्युत जस्ता संरचना क्षेती भएकाले तत्काल ती योजनाहरु सञ्चालनमा ल्याउनुपर्ने माग गरेको पनि उहाँले बताउँनुभयो । यसबारेमा काठमाडौं पुगेर गम्भीरतापूर्वक छलफल गरिने उहाँको कथन थियो ।

 

LIVE TV