२३ चैत्र २०७२, मंगलवार

ड्रोन क्यामराको जथाभावी प्रयोगले नेपाली समाजलाई सशंकित र थप आतंकित बनाउदै , नेपाली समाजको गोपनीयता र सुरक्षामाथि गम्भीर असर पार्दै

drone

ड्रोन अर्थात भाले मौरी, । यही भाले मौरीको नाममा विकसित प्रविधिले नेपाली समाजलाई सशंकित र थप आतंकित बनाउदैछ । अर्थात ड्रोन क्यामेरा । विगत एक वर्षदेखि नेपाली आकाशमा विना अनुमति उड्न थालेको छ । हाम्रो समाजको शान्ति, सुरक्षा र गोपनीयतामाथि क्रमशः हमला गर्दैछ यसले । तर सरकार न यसको विकासमा न कटिबद्ध छ, न प्रभावकारी कानुनको तर्जुमामा अग्रसर छ ।

विशेषतः जासुसमा प्रयोग हुने ड्रोन क्यामेराहरु नेपाली आकाशमा उड्न थालेको धेरै भएको छैन । करिव एक वर्ष । तर पर्यटक र विदेशी पत्रकारहरु ती क्यामेरा कहिले सैनिक मूख्यालय भद्रकाली आसपासको आकासमा उडाइरहेका छन् । कहिले नेपाल चीनको सिमाना स्याङ्वोचे आकासमा । मुस्ताङको लोमाथाङतिर कहिले । पछिल्लो उदाहरण हुन् मन्त्री निवास पुल्चोकमा खसेको ड्रोन ।

सामान्यतया ड्रोन अत्याधुनिक उपकरण जोडिएको क्यामेरा हो । जुन भुईवाट लिनै नसकिने दृश्यहरुलाई खिच्न प्रयोगमा ल्याउँछन् । तर विनाशकारी भुकम्पपश्चात वृद्धि भएको यो क्यामेरा नेपालको सन्दर्भमा भने सगरमाथा राष्ट्रिय निकुञ्ज, दुई देशवीचको सिमाना, सैनिक मूख्यालय तथा मन्त्री क्वार्टरहरुको माथि उडाइएको छ, जसले सुरक्षा संवेनशीलता थपिदिएको छ ।

नेपाली आकाशमा ड्रोन

नेपाली आकाशमा विना अनुमति ड्रोन काठमाडौंदेखि ताप्लेजुङ हुँदै मुस्ताङमा समेत पक्राउ परिसके ।  स्वास्थ्य मन्त्री रामजनम चौधरीको ललितपुरको पुल्चोक स्थित मन्त्री क्वार्टरमा खसेको ड्रोन पछिल्लो हो । जुन रहस्यमै रह्यो ।

अनुमतिविना ड्रोनको उडानमा उल्लेख्य वृद्धि भएपछि सरकारले मानवरहित हवाईयन्त्र (अनम्यान्ड एरियल भेइकल) कार्यविधि २०७२ जारी ग¥यो । शान्ति, सुरक्षा र व्यक्तिको गोपनियता भंग हुनसक्ने भन्दै गृह मन्त्रालयले सांस्कृतिक सम्पदा, हवाई मार्गमा असर पर्नसक्ने क्षेत्र तथा अन्य सुरक्षा संवेदनशील क्षेत्रमा प्रतिवन्ध लगायो । उडान गर्नै पर्ने अवस्थामा स्थानीय प्रशासनको स्विकृति र सुरक्षाकर्मीको रोहवरमा तीन सय मीटर टाढा र एक सय मिटर उचाइमा उडाउन सकिने व्यवस्था गरेको छ । जसका लागि उड्ययन प्राधिकरण तथा सञ्चार मन्त्रालयको लिखित अनुमति लिनु अनिवार्य छ ।

प्रायशः विदेशीहरुको पहूँचमा रहेका यस्ता क्यामेराहरु उनीहरुले यहाँ रहँदाका क्षणहरुलाई कैद गर्न प्रयोग गर्न सक्छन् । जस्को लागि अहिले निर्देश गरेको व्यवस्थालाई प्रभावकारी अनुगमनको खाँचो छ ।

 

LIVE TV