२३ चैत्र २०७२, मंगलवार

जनकपुर उपमहानगरपालिकाको दशरथ तलाउ (पोखरी)मा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।  मंलगबार विहान तलाउको पानीमा तैरिरहेको अवस्थमा शिशुको शव फेला परेको हो ।

da

शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । उक्त शवलाई प्रहरीले पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा लगिएकोृ छ । छोरा रहेको उक्त शिशु अवैध सम्बन्धबाट जन्मेको हुन सक्ने प्रहरीको अनुमान छ । शिशुलाई जन्म भन्दा अगाडि नै गर्भपतन गरेर हत्या गरेको प्रहरीले आशंका गरेको छ । उक्त शव फाल्ने आमा बुबाको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दशरथ तलाउ नजिक जानकी हेल्थ केयर एण्ड रिसर्जच सेन्टर, आस्था अस्पताल, रामजानकी अस्पताल र आर्या अस्पतालहरु रहेका छन् । यी अस्पतालहरुमा अवैध गर्भपतन बढेकाले उक्त शिशुलाई समेत यसै अस्पतालबाट हत्या गरेर तलाउमा फालेको हुनसक्ने प्रहरीको दावी छ ।

LIVE TV